बान्द्रे फेरी सिरियलमा

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

एकदशक भन्दा अघिका दर्शकका लागी निकै परिचित उपनामको बान्द्रे । ‘मेरी बास्सै’ टेलिसिरियलमा केदार घिमिरे (माग्ने बुढा)को सालोको रुपमा अभिनय गर्नुभएका सुरज चापागाईं निकै चर्चित कलाकार हुनुहुन्थ्यो । जब मेरिबास्सैको प्रसारण केहिसमय बन्द भयो, त्यसपछि उक्त सिरियलमा काम गर्ने कतिपय कलाकारहरु पनि दर्शक माझ देखिनुभएन । मुख्य कलाकार केदार घिमिरे चलचित्र तर्फ लाग्नुभयो भने अर्का मुख्य कलाकार सिताराम कट्टेल समाजसेवासँगै चलचित्रमा काम गर्न थाल्नुभयो । यस्तै सुरज चापागाईंपनि फाटफुट पर्दामा देखिएपछि निरन्तर सिरियल तथा चलचित्रमा देखिनुभएको थिएन । पछि मेरिबास्सै नयाँ टिमले निर्माण गर्दै आइरहेको छ ।

दुईबर्ष अघि फेरी एकपटक मेरिबास्सैमा काम गर्न थाल्नुभएको बान्द्रे बट्टाई तथा कालिज ब्यावसायमा ब्यस्त हुनुहन्छ । पछिल्लो दुईबर्ष यता कुनैपनि पर्दामार्फत दर्शकले देख्न पाएका थिएनन् तर उहाँको खोजी दर्शकले अझैपनि गरिरहेको पाइन्छ । यस्तैक्रममा गएको साता बान्द्रेकै गेटअपमा सुरजलाई छायांकनमा देख्ने मौका मिल्यो । पछिल्लो समय एपिवान टेलिभिजनबाट पनि प्रसारण भइरहेको सिरियल ‘गाह्रो छ हो’मा अभिनय सुरु गर्नुभएको छ । उक्त सिरियलको ६४ औं भागबाट मुख्य कलाकार बेगम नेपाली (भटभटे)को दाईको भूमिकामा अभिनय यात्रा अगाडी बढाउनु भएको हो । ‘बेगमले सिरियलको कथासँगै मेरो भूमिकाको बिषयमा कुरा गर्नुभयो । दर्शकको पनि गुनासो थियो कि टिभीमा हेर्न पाइएन भन्ने । त्यहि भएर फेरी बान्द्रेकै भूमिकामा आउनुपर्छ भन्ने लागेर यता सुरु गरेको हुँ ।’ बान्द्रेले भन्नुभयो । ‘अब निरन्तर आउने छु ।’

‘‘पछिल्लो समय एपिवान टेलिभिजनबाट पनि प्रसारण भइरहेको सिरियल ‘गाह्रो छ हो’मार्फत बान्द्रेकै भूमिकामा सुरुजले सुरु गर्नुभएको हो ।’’

युट्युवबाट मात्र सार्वजनिक हुँदै आएको ‘गाह्रो छ हो’ बान्द्रेले अभिनय गरेकै भागबाट एपिवान टेलिभिजनबाट पनि प्रसारण हुन थालेको छ । बान्द्रेका अनुसार टेलिभिजनमा पनि प्रसारण हुने भएपछि गाउँगाउँका दर्शकले पनि हेर्न पाउने भएपछि धेरैपछि काम गर्दा अझ उत्साहित भएको बताउनु भयो । बान्द्रेले अघि भन्नुहुन्छ, ‘मलाई अन्य सिरियलबाट पनि अफर आइरहेको थियो तर पछिल्लो समय कोभिडको कारणले पनि काम गर्न डराइरहेको थिएँ । पहिलो चरणको कोभिडबाटै मैले अभिनयको कुनैपनि काम गरेको थिएन । घरमा बालबच्चा, बृद्ध भएकाले पनि अझ सतर्क भएको हुँ ।’

‘गाह्रो छ हो’का लेखक तथा मुख्य कलाकार बेगम नेपालीका अनुसार सुरजलाई दर्शकले पहिले देखीनै रुचाएको बान्द्रे भूमिकामै अफर गरिएको जानकारी गराउनु भयो । बान्द्रेले मेरिबास्सैको त्यो बेलाको लोकप्रियता अहिले पनि उत्तिकै कमाउनु सक्नुहोला भन्नु हाम्रो प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘समय परिवर्तित छ । मेरिबास्सैमा मैले अभिनय गर्दाको समय टेलिभिजनमात्रै हेरिन्थ्यो । सिरियल निकै कम पनि थिए । अहिले भनेको दर्शकले हेर्न माध्यमहरु धेरै परिवर्तन र परिमार्जित भए । जमाना मोबाइलमा आइसक्यो, त्यसैले त्यो समय र अहिलेको समयलाई दाज्नै मिल्दैन । अहिले हातहातमा मोबाइल छ, अब हामी मोबाइलसम्म पुग्ने गरी काम गर्न सक्यौं भने बल्ल दर्शकले हेर्नुहुन्छ होला ।’

‘गाह्रो छ हो’ पछिल्लो समय टेलिभिजनमा पनि प्रसारण नभई र अन्य ब्यावसाहिक बिज्ञापन पनि नराखि ६४ भागसम्म युट्युवमार्फत मात्र सार्वजनिक भएको सिरियल हो । यस सिरियलका मुख्य कलाकार तथा लेखक बेगम मेरिबास्सैबाटै जन्मिएका कलाकार हुनुहुन्छ । साथै अर्की मुख्य कलाकार रियासा दाहाल सामाजिक सञ्जालमा लोकप्रिय कलाकार हुनुहुन्छ । पछिल्लो समय यस सिरियललाई एक सातामा युट्युवमा १५ देखी २५ लाखसम्म हेर्ने गरिन्छ । निर्माण टिम युट्युवकै आम्दानीबाट सन्तुष्ट थियो ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)

video Interview: