प्रेमका प्रश्नको उत्तर दिएर थाकेको छैनः बले

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली म्युजीक भिडियोको क्षेत्रका पछिल्लो समयका चल्तिका मोडल मध्ये अनुमान लगाउँदा उत्कष्ट पाँच भित्र पर्छन सागर लम्साल (बले) । सक्किगोनी टेलिश्रृंखलामा बले पात्रबाट अत्यधिक रुचाइएपछि सागरको मोडलिङमा पनि डिमाण्ड बढेको थियो । पछि सागरले आफूलाई बले पात्र भन्दा बढी डान्सिङ र सागरकै भूमिकामा देखिन थालेपछि डिमाण्ड झन् बढ्दै गयो ।

पछिल्लो समय सागरको टुइन्स गर्ल प्रिन्सि खतिवडासँगको प्रेमको चर्चा खुबै चल्ने गरेको छ । मिडियाहरुमा गसिप तथा सामाजिक सञ्जालमा यो जोडीको चर्चा भइरहन्छ । यस्तै म्युजीक भिडियोमा जोडीको रुपमा काम गर्नका लागी अफर पनि आइरहन्छ । यसैबिच सागरले आफूलाई आउने प्रेमका प्रश्नहरुको उत्तर दिएर नथाकेको बताएका छन् ।

शनिबार उनी अभिनित एक म्युजीक भिडियो सार्वजनिक कार्यक्रममा आर्टिष्ट खबरसँग कुराकानी गर्ने क्रममा सागरले आफूलाई मिडियाले बार बार प्रेमका प्रश्न सोधिरहने र आफूले पनि जवाफ दिइरहेको बताए । ‘मलाई हरेक अन्तर्वार्ताहरुमा प्रेमका प्रश्न गरिन्छ, म किन उत्तर दिनबाट भाग्नु । म जहिले पनि मिडियाका प्रश्नको उत्तर दिइरहेको छु ।’ सागरले भने । ‘म कसैको प्रेममा छैन भनिरहेको हुन्छु तैपनि प्रश्न आइरहन्छ । म उत्तर दिइरहन्छु ।’

Video: Click Here