पोखराबाट सार्वजनिक गरियो दीपेन्द्रको ‘सुनको महल’

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली गीतसंगीतका गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो ।

गीतमा दीपेन्द्र बुढा ठकुरीको स्वर रहेको छ भने भिडियोमा पनि मुख्य अभिनय गरेका छन् । यस्तै गीतमा संगीत र एरेन्जको काम अर्जुन थापाले गरेका छन् भने भिडियोमा निर्देशन पनि अर्जुन कै रहेको छ । कार्यक्रममा गायक दीपेन्द्रले गीतसंगीतमा पहिल्यै देखी रुचि भएपनि यस गीत आफ्नो पहिलो म्युजीक भिडियो भएको बताए । भिडियोमा हेलिकप्टर देखी मंहगा लोकेसनमा छायांकन गरेको देखिन्छ । यसै बिषयमा सञ्चारकर्मिहरुको प्रश्नमा निर्माता समेत रहेका दीपेन्द्र भन्छन्, ‘मैले यस भिडियोमा निर्माताको नजरबाट पनि कुनैपनि कमि हुन दिएको छैन । सकेसम्म राम्रो बनाउँ भनेर लागेका हौं । कस्तो लाग्छ दर्शकले भन्नुहुनेछ ।’ दीपेन्द्रका अनुसार भिडियो निर्माण देखी प्रमोशनसम्म गर्दा झण्डै १३ लाख खर्च भइसकेको छ ।

निर्देशक अर्जुनले पनि आफ्नो टिमले सक्दो मिहिनतका साथ काम गरेको बताए । राती अबेरसम्मको छायांकनमा पनि कलाकारसँगै प्राविधिक टिमको मिहिनतले भिडियो राम्रो बनेको अर्जुनले बताए । ‘कलाकार र प्राविधिक दुबैको पाटो उत्तिकै महत्पुर्ण हुन्छ । सबैबाट एकदम खुसी छु ।’ अर्जुनले भने । ‘निर्माताको हिसाबबाट दीपेन्द्र जिले कुनै कम्प्रमाइज गर्नुभएको छैन र कलाकारहरुले पनि उत्तिकै मिहिनत गर्नुभएको छ ।’ भिडियोमा वरिष्ठ कलाकार निर शाह र लोकप्रिय नायिका केकी अधिकारीको पनि मुख्य अभिनय रहेको छ । भिडियोमा सुशिल डाँगीको छायांकन रहेको छ भने विवेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको निर्मात्री मिना श्रेष्ठ हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा नायिका केकी स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट कुराकारी गराइएको थियो । भर्चुअल माध्यमबाट केकीले भिडियोमा काम गर्दाका अनुभव साटेकी थिइन् । साथै आफ्नो स्वास्थ्यमा समस्या आएकाले पोखरा उपस्थित हुन नसकेको पनि जानकारी गराइन् ।

Video: