वीरगंजमा म्युजिक अवार्ड हुने

आर्टिष्ट खबर/ कात्तिक, वीरगंज ।

वीरगंजमा पीसी मिडिया प्रालि वीरगंजको आयोजनामा प्रथम म्युजिक अवार्ड समारोह आयोजना हुने भएको छ । आयोजना हुन गइरहेको ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड’मा कला क्षेत्रका १० जना कलाकारलाई पुरस्कृत गरिने जनाइएको छ । अवार्ड समारोह यहि कात्तिक २२ गते गरिने बताइएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा रेडियो सान्भीले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । गीत, संगीत तथा कला क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरिरहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले रेडियो सान्भीले यो कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक एवं रेडियो सान्भीका समाचार प्रमुख दीपक गौतमले बताउनु भएको छ ।

उहाका अनुसार वीरगंज आसपासमा थुप्रै कलाकार ओझेलमा पर्दै गएकोले स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने अभिप्रायले रेडियाले यस्तो कार्यक्रम गर्न लागेको हो । पत्रकार सम्मेलनमा उपस्थित भोजपुरी गायक सुनिल पण्डितले यस्तो कार्यक्रमले यस भेगका स्थानीय कलाकर्मीहरुलाई थप उर्जा दिने बताउनु भयो ।

चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले मोफसलमा यस्तो कार्यक्रमले राजधानी बाहेकको कलाकारलाई समेट्दा स्थानीय कलाको मूल्यांकन हुने बताउनु भयो । म्युजिक अवार्डमा प्राविधिक सहयोग गर्न रेडियो सान्भी र चलचित्र पत्रकार संघ पर्साबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।