काग तिहारमा रमेश दुलालको काग सम्मेलन (भिडियो रिपोर्ट)

...

<pre style="text-align: justify; "><b>&nbsp;आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">बिगत १८ बर्ष देखी काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आउनु भएका कलाकार रमेश दुलालले यसबर्ष पनि १८ औं काग सम्मेलन गर्नुभएको छ । काठमाडौंको शान्तिबाटिका गेट, रत्नपार्कमा बिहान ६ बजे काग तिहारको अवसर पारेर काग सम्मेलन गर्नुभएको हो । रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा पार्नुभएको थियो ।&nbsp;</p><p style="text-align: justify; ">राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको १८ औं बृहत काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी हस्पिटल बसुन्धराले सौजन्य सहयोग गरेको थियो । मुखबाट १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गी, तथा बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामना सहित काग सम्मेलन गरेको बताउनु भयो । कार्यक्रमको आर्टिष्ट खबर मिडिया पार्टनरको रुपमा रहेको थियो ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video Report:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/6gm416Cipms" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><p style="text-align: justify; "><br></p>