४२ विधामा नवौं म्यूजिक खबर म्यूजिक अवार्ड हुँदै

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । विगत दश वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणले भएको लकडाउनको अन्त्यसँगै अवार्डले आफ्नो नवौं संस्करण आगामी मंसिर २५ गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको आयोजक संस्था शुभकामना मिडियाले जनाएको छ ।

अवार्डमा विविध ४२ विधाका स्रष्टा र सिर्जनाहरु सर्वोत्कृष्ट पाँचभित्र पर्न सफल भएका छन् । अवार्डमा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, गजल, चलचित्र गीत लगायतका विविध ४२ विधामा सहभागी भएका स्रष्टा र सिर्जनाहरुलाई अवलोकन गरी निर्णायकहरुले उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरेका हुन् । मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्नेछन् ।

फाइनल कार्यक्रममा गीतसंगीतमा योगदान पु¥याएका स्रष्टाहरुलाई विभिन्न सम्मान गरिनेछ । लाइफटाइम अचिभमेन्ट अवार्ड, दशकको स्रष्टा सम्मान, युवा प्रतिभा सम्मान, बाल प्रतिभा सम्मान, संगीत पत्रकारिता सम्मान र संगीत पत्रकारिता पुरस्कार, डायस्पोरा संगीत सम्मानबाट सम्मान गरिनेछ ।