रामजी र सम्झनाको ‘चाँदनी’मा प्रकाश र केकी

गोपिकृष्ण चापागाईं/ कात्तिक, काठमाडौं ।

पृथ्वी इन्टरटेनमेन्टले नेपाली सांगितीक दुनियामा नयाँ कोसेली ल्याएको छ । शनिबार ललितपुरको होटल हिमालयमा बिशेष समारोहका बिच चाँदनी बोलको लोकगीत सार्वजनिक गरियो । गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको छ भने लय तथा शब्द सुजन लम्सालको रहेको छ । गीतमा एरेन्ज सुनिल परियारले गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकप्रिय गीतकार रमेश बिजीले गीतलाई शुभकामना दिए । बिगतमा दिनमा पनि पृथ्वी इन्टरटेनमेन्टबाट आएका गीतले नेपाली सांगितीक दुनियामा छुट्टै छाप छाडेको र यस गीत पनि लोकप्रिय बन्नेमा विश्वा ब्यक्त गरे । कार्यक्रमका सभापति पृथ्वी इन्टरटेनमेन्टबाट प्रमुख पृथ्वी थकालीले गीतसंगीतको क्षेत्रलाई सदैबमा माया गर्ने र निरन्तरताका लागी नयाँ कोसेली स्वरुप यस गीत सार्वजनिक गरिएको जानकारी गराए । थकाली बिगत लामो समयदेखी बिशेष गरी लोक तथा दोहोरी गीत क्षेत्रमा योगदान पुरयाएका ब्यक्ति हुन् । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन निर्माणको क्रममा पनि ठुलो सहयोगी भूमिका निभाएका थिए ।

कार्यक्रममा बोल्दै गायक रामजी खाँडले गीतको अडियो नै सुरुमा बलियो लागेकोले आफूलाई मन छोएको बताए । उनले अडियो पछि भिडियो पनि उस्तै राम्रो भएकाले दर्शकले मन पराउनेमा आशावादी रहने बताए । साथै गायिका सम्झना भण्डारीले बजारमा थुप्रै गीत आइरहदा केहि फरक गर्ने कोसिसका साथ नयाँ गीत ल्याएको जानकारी गराइन् । सम्झनाले यसअघि पनि पृथ्वी इन्टरटेनमेन्टबाटैसार्वज्निक थुप्रै गीत गाएकी छिन् ।

भिडियोका कलाकार प्रकाशले आफ्नो गीतसंगीतको करिअरनै पृथ्वी इन्टरटेनमेन्ट बाटै सुरु गरेको सम्झिए । उनले भने, 'म जुन बेला काठमाडौंको गल्लिमा सफलता पाइन्छ कि भन्दै दौडिरहेको थिएँ । त्यो समयमा पृथ्वी थकालीदाईसँग भेट नभएको भए सायद आज यो प्रकाश सपूत हुँदैन थियो होला ।' नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनि आफूलाई तानेको बताइन् । साथै भिडियोमा निर्देशक बिक्रम स्वार भन्ने थाहा पाएपछि भिडियो निर्माणमा कुनै कमि हुँदैन भन्ने महसुसले पनि आफू खुसी भएको उनले बताइन् ।

भिडियोमा बिक्रम स्वारको निर्देशन छ भने नवराज उप्रेतीले खिचेका हुन् । भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् ।

Official Video: Click Here

Event Interview: Click Here