लेडिज ब्यान्ड भ्यालेन्सियाको ‘छोरी’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

'दुनियाँ हो छोरीलाई हेर्ने नजर फेर, छोरीले नि के के गर्नसक्छ आज हेरु हालै सार्वजनिक भएको गीतको सानो टुक्का हो यो । लेडिज ब्यान्ड भ्यालेन्सियाको  यस गीतले छोरीको मर्म र कर्मलाई बुझाएको छ । छोरी स्वयंमा एक शक्ति हो । छोरी भनेको समाजको गहना हुन् । यो  संसारको सृष्टिकर्ता नै छोरी हुन् । गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ ।

बाबुराम राईको शब्द रचना रहेको 'छोरी' मा कल्यान सिंहले संगीत भरेका छन् । नभ ढुङ्गेलको निर्देशन र अमृत सुनुवारको छायाङ्कनमा बनेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् । मोक्षमा भिडियोको पोस्टप्रोडक्सन भएको हो ।  भिडियोमा भ्यालेन्सिया ब्यान्डका टिएम केसि, पूजा परियार, खुस्बु राणा मगर, दिपा चौधरी र एन्जिला चौधरी रहेका छन् । सार्वजनिक भिडियोलाई टिम भ्यालेन्सियाकै आधिकारिक युट्युब च्यानल बाट हेर्न सकिन्छ ।

भिडियोमा सम्मान स्वरुप देशका केही वरिष्ठ महिला ब्यक्तित्वहरुलाई पनि देखाइएको छ । अनुराधा कोइराला, हिमानी शाह, शृङ्खला खतिवडा, पुष्पा बस्नेत, गौरिका सिंह, अस्मिता आले, मिरा राई, ममता स्थापित, रक्षा राणा, शिरिशा महर्जन  र सपना मल्ललाई देखाइएको छ।