भिलेनमा रुचाइएका तुलसी

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘चुरीफुरी’का कलाकार तुलसी प्रसाद श्रेष्ठको चर्चा पछिल्लो समय यसै चलचित्रका कारण चुलिएको छ । ऋषिराज आचार्यको निर्देशन रहेको यो चलचित्रमा उहाले फरक गेटअपमा भिलेन (नेगेटिभ) भुमिका निर्वाह गर्नुभएको छ ।

‘चुरीफुरी’ मा मेरो अभिनय दर्शकले निकै रुचाएका छन्’ श्रेष्ठले भन्नुभएको छ, ‘अभिनयको मात्र होइन, गेटअफ समेत राम्रो भनेका छन् ।’ चलचित्रमा उहाको मेनपावर ब्यवसायीको भुमिका छ । हिरो, हिरोइन झै उनको उपस्थिती पनि सशत्त देख्न सकिन्छ ।

उहा यस अगाडिका पनि चलचित्र ‘ड्रिम गर्ल’ मा भिलेनको भुमिकामा देखिनु भएको थियो । ‘ड्रिम गर्ल’ को भिलेन भुमिकाले गर्द उहालाई करिव आधा दर्जन चलचित्रबाट यस्तै भुमिकाको लागि अफर आएको थियो । सानैदेखि कलाकारिता प्रतिको मोहको कारण अभिनयमा होमिनु भएका उहा सुरुमा रहरले कला क्षेत्रमा लाग्नु भएको थियो । अहिले भने पेसा बनाउनु भयो । २०५८ सालबाट ‘हिजो आजको कुरा’ सिरियलबाट अभिनय थाल्नु भएका उहाले यो सिरियलमा ८० भागसम्म काम गर्नुभयो । त्यसपछि आफन्त, सञ्जीवनी र हास्य श्रृखलाका झड्कामा काम गर्नुभयो ।

नेपाल वान टेलिभिजनको बिश्वास,  एनटिभी प्लसको हस्पिटल लगायत सिरियलमा समेत अभिनय गर्नुभएका उहाले इमेज टिभीको नेवारी सिरियल ‘ड्याट सन’ मा पनि थुप्रै भाग काम गर्नुभयो ।

सबै प्रकारको फिल्म तथा टेलिफिल्म अभिनयमा देखिदै आउनु भएका उहा सानापर्दाका फिल्म र म्युजिक भिडियो चर्चा र ठुलो फिल्मले सन्टुष्टि मिल्ने बताउनु हुन्छ । अभिनेत्री भुवन चन्द, मिथिला शर्मा, सरिता लामिछाने, अर्जुन श्रेष्ठ, धिरने शाक्य, आकाश श्रेष्ठ लगायत थुप्रै चलेका कालकारसँग स्क्रिन शेयर गरिसक्नु भएका उहाले नयाँ कलाकार थुप्रैसँग पनि काम गर्नुभएको छ ।