लतालाई कोरोना संक्रमण, अस्पताल भर्ना

मुम्बई (एजेन्सी)

भारतकी दिग्गज गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि आईसीयूमा राखिएको छ । उहा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उहाकी भान्जी रचना शाहले लता आईसीयूमा रहेको एएनआईलाई पुष्टि गर्नुभएको छ । तर, उहामा सामान्य लक्षण मात्रै देखिएको बताइएको छ । यसअघि, सन् २०१९ सेप्टेम्बरमा पनि उहा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको थियो ।

९२ वर्षीया गायिका लताले हजारभन्दा बढी हिन्दी चलचित्रमा विभिन्न भाषामा गीत गाउनु भएको छ । उहा दादा साहेब फाल्के अवार्ड, द भरत रत्नलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत भइसक्नुभएको छ ।