साउथको ‘थिरीमाली’ को ट्रेलरमा स्वस्तिमा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’ को सार्वजनिक ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का देखिनुभएको छ । मलयालम भाषाको यो चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । दुई मिनेट ४१ सेकेन्डको ट्रेलर ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यो चलचित्र राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गर्नुभएको हो ।

जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको चलचित्रमा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुनुहुन्छ । ट्रेलरमा नेपालका थुप्रै ठाउँका दृश्यहरू देख्न सकिन्छ । जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ ।

त्यस्तै यसमा स्वस्तिमा खड्काको ‘आइटम डान्स’ का केही झलकहरू पनि छन् । गीतमा स्वस्तिमा रातो पहिरनमा नाचिरहेको देख्न सकिन्छ । गीतमा बाहेक चलचित्रमा स्वस्तिमाको भूमिका के हो भन्नेबारे ट्रेलरमा खुल्दैन । तर चलचित्र रेट गर्ने आइएमडिबीले थिरिमालीका मुख्य कलाकारको नाम सूचीमा स्वस्तिमा खड्काको पनि नाम उल्लेख गरेको छ ।  ट्रेलरमा अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ ।

कमेडी जनराको यो चलचित्र सन् २०२२ मा रिलिज हुने भनिएको छ । चलचित्र मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुने पनि बताइएको छ ।