‘प्रशिक्षण र कारबाहीले नै युट्युबर सहि बाटोमा आउँछन्’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपाली सिनेबृत यतिबेला नायक पल शाह प्रकरणले तातेको छ । चलचित्र क्षेत्रका लोकप्रिय नायक पलबिरुद्ध एक नाबालिग गायिकाले आफूलाई करणी गरेको भन्दै उजुरी हालेपछि उहा यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा हुनुहुन्छ ।

जिल्ला अदालतले सातदिनको म्याद दिएसँगै पलमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नाबालिग तर्फबाट उहाका बाबुले तनहुँ तथा नवलपरासी प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । गएको आइतबारबाट प्रहरी हिरासतमा रहनुभएका नायक पललाई भेट्न बिभिन्न कलाकर्मी तनहुँ पुगेको दृश्य अहिले युट्युवमा छ्यापछ्याप्ती हेर्न पाइन्छ । यतिमात्र होइन, जिल्ला प्रहरी कार्यालय अगाडी सर्वसाधारण देखी अभियान्ता भनिने केहि ब्यक्तिहरुको गरेको नाराजुलुसका भिडियोले युट्युवका टे«ेन्डिङ कब्जा गरिरहेका छन् ।

दर्जनौंको संख्यामा यतिबेला युट्युबरहरु जिल्ला प्रहरी कार्यालय तनहुँको आसपास छन् । केहिले राम्रो गरेपनि अधिकांश युट्युबरले सुचना दिने नाउमा अफवाह फैलाइरहेका छन् । तनहुँ पुगेका युट्युबरहरुले जेजे देख्छन्, त्यो खिच्छन् र बिना सम्पादन सिधै  अपलोड गरिदिन्छन् । यस्तै तनहुँ नपुगेका युट्युबरले आफू बसेको स्थानबाट घटनासँग असम्बन्धित व्यक्तिहरू पीडितलाई आक्षेप लगाउने र पीडकको समर्थनमा भिडियो बनाएर युट्युबमा अपलोड गरिरहेका छन् ।

यसैबिच बिगत डेढबर्ष देखी अनलाइन टिभीहरुलाई ब्यवस्थितसँगै सुद्धिकरण गर्ने उद्देश्यले स्थापित संस्था अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीसँग हामीले यसैबिषयमा कुरा गरेका छौं । अनलाइन टिभी पत्रकारसंघमै आवद्ध रहेका युट्युबर पनि तनहुँ पुगेर अफवाह फैलाइरहेका छन् । संस्थाका अध्यक्ष भण्डारीसँग गोपिकृष्ण चापागाईंले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः

युटुयुबरले फैलाइरहेको अफवाहलाई अनलाइन टिभी पत्रकार संघले हेरिरहेको छ कि रोक्नलाई केहि काम गर्दैछ ?

हामीले यो बिषयमा बारबार आवाज उठाइरहेका छौं । युट्युबरले अफवाह किन फैलाइरहेका छन्, के कारणले यस्ता काम रोकिएको छैन भन्ने बिषयमा अध्ययन अनुसन्धान गरेका छौं र सरोकारहरुवाला लाई झक्झकाउने, ध्यानाकर्षण गराइरहेका छौं ।

यो बिषय हामीसँग मात्र सम्बन्धित छैन । प्रेस काउन्सिल र साइबर ब्युरोसँग पनि सम्बन्धित भएकाले प्रशिक्षणको आवश्यक देखिन्छ । केहि कार्यक्रम आयोजना गरेर कस्तो बिषयमा कसरी भिडियो प्रसारण गर्ने, के प्रसारण गर्ने के नगर्ने भन्ने बिषयमा प्रशिक्षण दिनुपर्ने आवश्यक छ । प्रशिक्षणका लागी प्रेस काउन्सील, सूचना विभाग, साइबर ब्युरो, पत्रकार महासंघलगायतसँग समन्वय गरौं भनेर पटकपटक आग्रह गरेका छौं । उहाँहरु हुन्छ मात्र भनिदिनुहुन्छ ।

हामीले हाम्रो संस्थाको तर्फबाट अनलाइन टिभि स्वनियमन निर्देशीका जारी पनि गरिसकेका छौं । अनलाइनको माध्यमबाट भिडियो सम्प्रेषण गर्ने साथीहरुले बिशेषगरी उक्त निर्देशीता पढ्नुहुन आग्रह गर्छौं ।

युट्युबरहरु किन पत्रकारीताको आचासंहिता भित्र बस्दैनन् ?

यसमा बिशेष गरी दुईवटा कुरा छन् । पहिलो कुरा त कतिपयलाई पत्रकारीताको आचारसंहित नै थाहा छैन । अर्को कुरा उल्लंघन गर्दा कारबाही नभएकाले यस्तो भइरहेको छ । उल्लंघन गर्न प्रेरित गर्ने भनेको त्यसको आम्दानी हो । अलि उत्तेजित शिर्षक र ‘थम्ब्नेल’ राख्दा धेरै भ्युज धेरै जाने र आम्दानी हुने भएकाले त्यस्तो काम दोहोराइरहेका छन् ।

सुचना बिभाग र प्रेस काउन्सिलमै सुचिकृत भएर पनि गल्ति गर्नेलाई प्रेस काउन्सिलले कारबाहीको दायरामा ल्याउनुपर्छ र सुचिकृत नभएकालाई साइबर ब्युरोले कारवाही गर्ने हो भने यो प्रवृति छिनमै साम्य हुन्छ । एकदुईलाई कारवाही गर्ने बित्तिकै यस्तो अफवाह फैलाउने काम रोकिन्छ । मुख्य कुरा भनेको प्रशिक्षण र कारबाहीले नै युट्युबर सहि बाटोमा आउँछन् ।

अनलाइन टिभी पत्रकार संघमै आवद्ध केहि युट्युबरहरुले पनि अफवाह फैलाइरहेको देखिन्छ । त्यस्तालाई संस्थाले नै रोक्न सक्दैन ?

हामीले संस्थामा आवद्ध भएकालाई त प्रत्यक्ष रुपमै भन्ने गरेका छौं । तर कतिपयलाई भनेर पनि नलाग्न सक्छ । हामीले बढीमा गर्ने भनेको सदस्यता खारेज गरिदिने हो । तर सदस्यता खारेज मात्रै समस्याको समाधान होइन । हामीले सम्झाउने र झक्झकाउने काम गरिरहेका छौं ।

के दर्शकलाई दोषी मान्नुहुन्छ ?

हो, दर्शकले पनि जस्तोपायो त्यस्ता भिडियो हेरिदिनुहुँदैन । विश्वसनिय अनलाइनका भिडियो हेरिदिने, समाचार पढिदिने गर्नुपर्छ । त्यसो भनिरहदा आम मानिसलाई कुन अनलाइन राम्रो र कुन फेक भन्ने थाहा नहुन सक्छ । त्यसको लागी सरकारले नै सन्देश प्रवाह गर्नुपर्ने जरुरी हुन्छ । जस्तोकि, खाना खानु अगाडी हात धुनुपर्छ भनेर सन्देश फैलाए जस्तै यो कुरामा पनि सन्देश प्रवाह गर्नु जरुरी छ ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)