स्याङ्जाको बिरुवा गाउँपालिका ४ ओरष्टेको गीति वृत्तचित्र बिमोचन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं । </b></pre><p style="text-align: justify; ">स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका ४ ओरष्टे गाउँ (साविकको ओरष्टे गाउँबिकास समिती) को गीति वृत्तचित्र बिमोचन गरिएको छ । एक कार्यक्रमका बिच बिमोचन गरिएको बृतचित्र श्री सृजनशिल युवा परिवार भोर्लेको बार्षिक उत्सव कार्यक्रमको पाँचौ दिनमा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा गीति वृतचित्र बिमोचन गरिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">बृतचित्र स्याङ्जा जिल्ला बिरुवा ४ भोर्लेका युवा नेता समाजसेवी नेकपा एमाले बिरुवा गाउँपालिकाका अध्यक्ष प्रकाश थापा र गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले संयुक्त्त रुपमा बिमोचोन गर्नुभयो । गाउँपालिका अध्यक्ष शर्माले गाउँ समाज विकास भए मात्रै समग्र राष्ट्रको विकास हुने र हरेक कार्यको लागि समाज एकजुट भएर योजना बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । समाज विकासको लागि गाउँपालिकाले धेरै योजनाहरु अघि सारेको गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/70419cfad4b7aa79cb7bd5dc95206fb91647766584.jpg" style="width: 1117px;">&nbsp;</p><p style="text-align: justify; ">देश बिदेशमा रहेका ओरष्टेवासीको सहयोगमा निर्माण भएको प्रस्तुतिमा लय, शब्द, एरेन्ज र निर्देशन अर्जुन थापाको रहेको छ भने आवाज तारा श्रीसको रहेको छ । भिडियोमा अभिनय स्मृति मगर, स्वप्निल रान, कुसुम आले लगायतले गर्नुभएको छ । आर आर कृयशन मार्फत सार्वजनिक गीत युट्युवमा भने एकसाता भित्रमा हेर्न पाइने निर्देशक थापाले आर्टिष्ट खबरलाई जानकारी दिनुभयो ।&nbsp;&nbsp;</p>