आजबाट हलमा ‘हेल्लो जीन्दगी’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज (शुक्रबार) बाट नयाँ नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ हलमा प्रदर्शनमा आएको छ । एभरेष्ट सूर्य बोहोरा निर्देशीत यो चलचित्र दुईबर्ष अघि नै निर्माण भएको चलचित्र हो । चलचित्रमा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेतको मुख्य अभिनय रहेको छ ।

केहिदिन अघि आयोजीत प्रेसमिटमा निर्देशक बोहोराले अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंले चलचित्रको प्रमोशनमा साथ नदिएको बताउँदै आउनुभएको थियो । दुई अभिनेत्रीको उपस्थिति र साथविनै निर्माण टिमले प्रचार गरिरहेको थियो ।  चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।

चलचित्रको प्रचारलाई दुई अभिनेत्रीले बहिष्कार गरेपनि अन्य फिल्मकर्मीहरुले भने साथ दिएको देखिन्छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘हेल्लो जिन्दगी’लाई साथ दिन कलाकारहरु सन्दिप क्षेत्री र रविन्द्र झा, निर्देशक द्वय शोभित बस्नेत र मिलन चाम्स, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत उपस्थित हुनुभएको थियो ।

विभिन्न चलचित्रकर्मीबाट साथ मिलेपछि खुसी देखिएका निर्देशक बोहोराले अब आफूहरुको साथमा को छैन भन्ने कुराले दुखी हुन छाडेको बताउनुभएको छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।