रामकृष्ण ढकालको नयाँ गीत म हराएँ मनमनैमा’ रिलीज

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको रोमान्टिक थिमको गीतमा सन्तोष भट्टराईको शब्द रचना र हरी लम्सालको संगीत रहेको छ । सुरज श्रेष्ठले गीतको एरेञ्ज गरेका हुन् ।

पर्यटकीय क्षेत्र मुस्ताङमा छायांकन भएको गीतको भिडियोमा गरिमा शर्मा र दिपेश ढकाल रोमान्टिक अवतारमा प्रस्तुत छन् । भिडियोमा उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । दिपेशले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो । रामकृष्ण ढकालको गीतमा गरिमा शर्मासँग स्क्रिन शेयर गर्न पाउँदा मोडल ढकालले खुशी व्यक्त गरे । गायक ढकालले नयाँ नयाँ प्रतिभावान् कलाकारहरु माझ आफ्नो गीतमा काम गर्नु आफैमा सुखद रहेको बताए । भिडियोका निर्देशक सुब्रत आचार्य हुन् ।

मोडल गरिमा शर्माले आफ्नो बाल्यकालदेखिको मनपर्ने गायकको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताइन् । गीतको अडियोले आफूलाई काम गर्न लोभ्याएको उनको भनाई छ । गायक ढकालले भने आफूले आफ्ना  गीतहरु दोहोर्‍याएर कमै सुन्ने गरेको भए पनि ‘म हराएँ मनमनैमा’ गीत धेरै पटक सुनिसकेको बताए । गीतको शब्द र संगीतले मन छोएको बताउँदै उनले भिडियो पनि सुन्दर बनेको प्रतिक्रिया दिए ।

भिडियोमा साइब्रत आचार्यको स्टोरी बोर्ड, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ । गीतको क्रियटिभ हेड जया शर्मा हुन् । यो गीतसँगै निर्देशक आचार्यले मुस्ताङमा गायक ढकालको आवाजमा रहेको अन्य दुई गीत ‘काली’ र ‘सयौं कारण’को पनि छायांकन गरेका छन् । यी दुई दिन केही दिनमा सार्वजनिक हुने बताइएको छ ।

video: