कबड्डी ४ आजबाट रिलिज, आक्रमक बुकिङ

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्रबार)बाट देशभर एकसाथ प्रदर्शन (रिलिज) भएको छ । प्रदर्शन अघिनै हाइप बनाएको यो चलचित्रको बुकिङ आक्रामक देखिएको छ । बिहीबार साँझसम्म क्युएफएक्स चेनको मल्टिप्लेक्सले १०२ शोज दिएका छन् । पछिल्लो समय हलिउड देखी दक्षिण भारतीय चलचित्रले पनि यतिधेरै शोज पाउन सकेका थिएनन् ।

‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने पहिलो चलचित्र बनेको छ । बिदेशी चलचित्र ‘केजीएफ च्याप्टर–२’ले क्यूएफएक्समा ८० शो पाएको थियो । काठमाडौंमा सुरुमा ९८ वटा शो दिएको क्यूएफएक्समा शो बढ्ने क्रम जारी छ । विग मुभिजले १६ वटा शो बनाएको छ । केएलले १७ वटा, वान सिनेमामा १६ वटा शो छ’ निर्देशक रामबाबु गुरुङले भन्नुभएकोछ । ‘नेपाल सबैभन्दा धेरै शो पाएको यो नै पहिलो चलचित्र हो । करिब ९० प्रतिशत टिकट रिलिज अघिनै बिक्री भइसकेको छ ।’

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, वुद्दि तामाङलगायतको मुख्य अभिनय रहेको छ ।  यो चलचित्र नेपाली भाषी बसोबास गर्ने भारतका एक दर्जनभन्दा धेरै सहरमा पनि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

बिहीबार काठमाडौंमा चलचित्रको प्रिमियर पनि गरियो । प्रिमियरमा अधिकांश कलाकर्मि उपस्थिती थियो । चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ । बिहीबार नै चलचित्रका मुख्य कलाकार सौगात मल्लले मिडियासँग अन्तक्र्रिया गर्नेक्रममा आफू निकै उत्साहित रहेको बताउनुभएको थियो । ‘रिलिज अघिनै दर्शकको माया देखेर उत्साहित छौं । टिममा कुरा पनि हुन्छ । खुसी लाग्छ ।’ सौगातले भन्नुभयो । ‘अब दर्शकको हातमा छाडेका छौं । माया गरिदिनुहुनेछ आशा छ ।’

यस्तै चलचित्र ‘कबड्डी’ देखीनै अभिनय गर्दै आउनुभएका अर्का मुख्य कलाकार बिजय बरालले सुरुको सिरिजमा आफूले ‘स्पट ब्याय’सँगै कलाकार भएर काम गरेको र आज आउँदो दर्शकको माया धेरै पाएको भन्दै बिगतका अनुभव सुनाउनुभयो । ‘दयाहाङ राई, सौगात मल्ल जस्ता अग्रज कलाकारसँग काम गर्न पाउनु हाम्रो लागी ठुलो कुरा हो । सुरुवात देखीनै दया दाईसँग काम गर्दै आएको छु । उहाँको अगाडी पर्दा पनि डर लाग्थ्यो ।’ बिजयले भन्नुभयो । ‘सबैले मिहिनत गरेको भएरै आज कबड्डी सिरिज यो स्थानमा पुगेको हो ।’