धिरज र अदितीको ‘बाबरी’ टिजर सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ चलचित्र ‘बाबरी’को टिजर सार्वजनिक गरिएको छ । अदिती बुढाथोकी र धिरज मगरको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितीलाई फकाउँदै गरेको देख्न सकिन्छ । सिनेमा धिरज नाडकरको पनि मुख्य भुमिका रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलको निर्देशन गर्नुभएको हो । चलचित्र आगामी भदौ ३१ गतेबाट प्रदर्शन हुने तयारीमा छ । चलचित्रमा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, धु्रव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी पुष्पालता बुढाथोकी हुनुहुन्छ । सुष्मा गुरुङ सह–निर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो । चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजद दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेख्नुभएको हो । चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।