कमेडी हब प्रसारणमा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ले निर्देशन गरेको नयाँ कमेडी टेलिभिजन शो कमेडी हब प्रसारणमा आएको छ । उक्त शोको गएको बुधबार बाट एपिवान टेलिभिजनमार्फत प्रसारण सुरु भएको हो ।

अघिल्लो साताबाट प्रसारण हुने भनिएको शो प्राविधिक कारणले सरेर यो बुधबारबाट प्रसारणमा आएको हो । एपिवान टेलिभिजनबाट प्रसारण भएको शोको शुभारम्भ केही अगाडि एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नुभएको थियो ।

कमेडी च्याम्पियन माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, हिमेश पन्त, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको प्रस्तुति रहनेछ ।

मिडिया हब निर्माता रहेको शो उत्पादनमा केदारलाई कलाकार राजा राजेन्द्रको सहकार्य गर्नुभएको छ । जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको शृंखला निर्देशन रहने शोमा नाटक, प्रहसन, स्ट्याण्डअप कमेडी, प्यारोडी, हास्यकविताका लगायत विधा अटाएका छन् ।