मुक्तकसंग्रह ‘सधैँ सधैँ’ सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

कवि तथा मुक्तककार नवराज कार्कीको मुक्तकसंग्रह ‘सधैँ सधैँ’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, गीतकार तथा चलचित्र सर्जक यादव खरेललगायतले कार्कीको कृति सार्वजनिक गर्नुभयो ।

आफ्नो मन्तव्यमा स्रष्टा यादव खरेलले दशको दशकदेखि सुरु भएको मुक्तक लेखन आज समृद्ध विधा भएको जिकिर गर्नुभयो । उहाले भीमदर्शन रोका, टेकबहादुर नवीन, रत्नशमशेर थापा, कृष्णप्रसाद पराजुलीलगायतले यस विधालाई मलजल गरेको उल्लेख गर्दै यसै कारण पनि मुक्तक आज जनप्रिय विधा भएको बताउनुभयो ।

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समालोचकीय टिप्पणी गर्नुभयो । नेपाल मुक्तक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष रामकाजी कोनेले मुक्तक लेखनमा एकरूपता आओस् भनेरै चतुश्पदीय मुक्तक लेख्नुपर्ने भनिएको बताउनुभयो ।

कार्यक्रममा कृतिकार नवराज कार्की, संगीतकार दीपक जंगम, रमेश पौडेल, यादव भट्टराईले मुक्तकका विषयमा बोल्नुभयो । उक्त अवसरमा अशेष मल्ल, राजेन्द्र शलभ र मोमिलाले कृतिबाट केही मुक्तकहरू वाचन गर्नुभएको थियो ।