कलाकारलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्नको लागि पहल गर्छुः मन्त्री आले

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेपाली कलाकारहरु कुनै पनि कार्यक्रमका लागी बिदेश जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षको प्रयोग गर्न पाएको देखिदैन । यो बिषयमा पटकपटक आवाज उठ्दैपनि आएको छ । कलाकारलाई देशका गहना भन्ने तर सरकारले त्योस्तरको सम्मान नगरेको भन्ने गुनासो कलाबृतमै हुँदै आएको थियो ।

यसैबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्नको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिबार राजधानीमा आयोजित नेपाल चलचित्र संघको ४७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आलेले अन्य विशिष्ट व्यक्तिलाई जस्तै कलाकारलाई पनि यस्तो सुविधा दिनेतर्फ प्रयत्न गर्ने बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘सञ्चार मन्त्रालयले मलाई यसबारे जानकारी दिइसकेको छ । म यसबारे फाइल अघि बढाउँछु । मन्त्रालयमा आउनुस् म र्गह मन्त्रालयलार्य चिठी लेखेर पठाउँछु ।’ सरकारले परिचत्र पत्र दिएका विशिष्ट कलाकारले मात्र विमानस्थलमा विशिष्ट कक्षको प्रयोग गर्न पाउने समेत मन्त्री आलेले बताउनुभयो । चलचित्र विकास बोर्डले यसबारे संचार मन्त्रालयमा यसअघि नै मागपत्र बुझाइसकेको छ ।

यस्तै मन्त्री आलेले चलचित्रकर्मीलाई आफ्ना चलचित्र छायाङ्कन गर्नका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल कला, संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न पनि उनले चलचित्रकर्मीलाई आग्रह गर्नुभयो ।

सो अवसरमा मन्त्री आलेले अभिनेता तथा निर्देशक नीर शाह, अभिनेता शिव श्रेष्ठ लगायतलाई सम्मान प्रदान गर्नुभयो । साथै, वितरक गोपाल कायस्थ, संघका कर्मचारीद्वय  हुतराज शर्मा र विक्रम राईलाई सम्मान प्रदान गरिएको छ ।