नेपाल चलचित्र संघमा वीरेन्द्रको नेतृत्व

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेपाल चलचित्र संघले शनिबार राजधानीमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व पाएको छ । संघको अध्यक्षमा वीरेन्द्र नारायण श्रेष्ठसहित नयाँ कार्यसमिति चयन भएको हो ।

भेलाले कार्य समितिको उपाध्यक्षद्वयमा गोपालकाजी कायस्थ र कुबेर शर्मा र महासचिवमा नरेन्द्र महर्जन छानेको छ । सचिव लगायत बाँकी रहेको कार्यसमितिले पूर्णता भने सोमबारको बैठकले गर्ने उपाध्यक्ष गोपालकाजी कायस्थले बताउनुभयो ।

अध्यक्षमा चयन भएका श्रेष्ठ नारायणगढको जलमा सिनेमा हलका सञ्चालक हुनुहुन्छ । उहाले आगामी तीन वर्ष संघको नेतृत्व गर्नुहुनेछ । चलचित्र संघ चलचित्र प्रदर्शकहरुको साँझ संगठन हो । यस अगाडि संघको अध्यक्षमा मधुसुदन प्रधान रहनुभएको थियो ।