‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेपाली बहुप्रतिक्ष्ति चलचित्र ‘प्रेमगीत ३’ भारतमा हिन्दी भाषामै प्रदर्शन हुनेछ । यसअघिनै हिन्दी भाषामा चलचित्र डब भएर प्रदर्शनका लागी तयारी अवस्थामा रहेको छ । चलचित्र भारतमा प्रदर्शन हुँदा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने भएको छ । चलचित्रको हिन्दी संस्करणले भारतीय निर्माता संघबाट उक्त शीर्षक प्राप्त गरेको जानकारी आशुसेन फिल्मस्ले जानकारी दिएको छ ।

निर्माता सन्तोष सेनले विश्वजितम फिल्म भारतीय निर्माता संघमा दर्ता भएको जानकारी दिनुभएको छ । सम्भवतः पहिलोपटक कुनै नेपाली फिल्म हिन्दी भाषामा भारतमा प्रदर्शन हुन लागेको हो । चलचित्रलाई भारत र नेपालमा एउटै मितिमा प्रदर्शन गर्ने जानकारी निर्माता सेनले दिनुभयो । नेपालमा असोज ७ गते दशैं छेकोमा प्रदर्शन हुँदैछ भने सोही मितिमा भारतमा समेत प्रदर्शन हुनेछ ।

निर्माता समेत रहनु भएका सेन र छेतेन गुरुङले संयुक्तरुपमा निर्देशन गर्नुभएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ र शिव श्रेष्ठको मुख्य भूमिका छ । अजय कपुर प्रोडक्सन र युएफओ वितरकले फिल्मको भारत वितरण राइट खरीद गरेका हुन् । हिन्दी भाषाको संस्करणलाई चाहिँ ओभरसिजमा समेत रिलिज गर्ने तयारी छ ।