अनुप बराल निर्देशित ‘दोख’ को टिजर सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

अनुप बरालले निर्देशन गरेको नेपाली चलचित्र ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । आगामी असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको आईतबार हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । १ मिनेट ४८ सेकेन्ड अवधिको टिजरलाई किरण श्रेष्ठले सम्पादन गर्नुभएको हो ।

निर्देशक बरालका अनुसार माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रले उठाउन खोजेको कथाले नेपाली दर्शकको मन छुनेमा निर्माण टिम विश्वस्त देखिन्छ । राजन कठेत लिखित ‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ ।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा हुनुहुन्छ ।

चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहनुभएको छ।