असार अन्तिमसाताबाट रिलिज हुने ‘दोख’को ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

यहि असारको २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित नेपाल फिल्म क्याम्पस (स्टुडियो थिएटर) मा आयोजित कार्यक्रमकाबीच ३ मिनेट २४ सेकेन्ड समयावधिको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म प्रदर्शनको संघारमा रहँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रले माओवादी कालखण्डको परिवेश प्रस्तुत गरेको छ । यद्यपी, चलचित्रको कथा भने सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको झगडाको हो । चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ । सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा प्रस्तुत अधिकांश कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

माओवादी लडाकुको कुटपिट, सामुदायिक वनलाई लिएर दुई गाउँबीचको झगडा, वनको स्वामित्वका लागि दुई गाउँका युवाहरुबीच हुने फुट्वल खेल र फुटवल खेलमा जसले जित्छ वनमाथि सोही गाउँको स्वामित्व रहने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ ।

ट्रेलरमा गाउँका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीच अंकुराउन थालेको प्रेमलाई समेत प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा दीया विवाहित महिला र एक छोरीको आमाको भूमिकामा प्रस्तुत भएको अनुमान लगाउन सकिन्छ ।

निर्माता सविन ज्ञवाली र फिल्ममा फुटबल खेलको कोरियोग्राफी गरेका अमनप्रताप अधिकारीले समेत आ–आफ्नो धारणा राखेका थिए । राजन कठेतले लेखेको फिल्मको निर्माता सविनसँगै मनोज अधिकारी हुन् ।

चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी। कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिन कवि विप्लव प्रतिक र कलाकार प्रकाश घिमिरे समेत पुगेका थिए ।