पोष्टर सेयर गर्दै रेणुले गरिन प्रदिपको प्रसंसा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

थुप्रै सफल नाटकमा अभिनय गरिसकेकी रेणु योगीले चलचित्र ‘प्रकाश’बाट ठुलो पर्दामा डेब्यु गर्दैछिन् । उनले डेब्यु चलचित्रमै पछिल्लो पुस्ताका स्टार प्रदिप खड्कासँग स्कृन सेयर गरेकी छिन ।

आगामी भदौ १० गतेबाट प्रदर्शन हुने चलचित्रमा रहेको रेणुको क्यारेक्टर लुक्स पहिलो पल्ट सार्वजनिक भएको छ । आफु र प्रदिप प्रस्तुत पोष्टर सार्वजनिक गर्दै रेनुले प्रदिपको प्रसंसा गरेकी छिन । प्रदिपलाई स्टार भन्दै उनले आफुले ‘प्रकाश’मा सँगै काम गर्दा उनीबाट प्रभावित भएको बताएकी छिन ।

सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै रेणुले प्रदिपले सुरुवात देखि कथा, पात्र र चरित्रलाई लिएर देखाएको उत्साह, मेहनत अनि लगन देखेर आफु प्रभावित भएको उल्लेख गरेकी छिन ।

कलाकारितामै रहे पनि रंगमञ्चबाट चलचित्रमा आएका कारण रेणुका लागि यो माध्यम र यसका प्रकृयाहरु केही नौलो अवश्य थियो । उनले निर्देशक दिनेश राउत सहित अन्य सहकर्मीहरुको सहयोगले आफुलाई फरक माध्यममा काम गर्दैछु भनेर असहज महशुस नभएको पनि जनाएकी छिन ।

कलाकारिता जीवनमा आफ्ना लागि यो चलचित्र ‘माइलस्टोन’ रहने पनि उनले उल्लेख गरेकी छिन् ।