‘लोकस्टार नेपाल २’ साउन अन्तिमबाट आउने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लोक गायनमा आधारित रियालिटी शो ‘लोकस्टार नेपाल’को दोस्रो सिजन आउने भएको छ । यहि आगामी साउन अन्तिमबाट टेलिभिजनमार्फत प्रसारण हुने बताइएको छ ।

बिहीबार काठमाडौंको ¥याडिसन होटलमा आयोजीत पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमार्फत प्रसारण हुने जानकारी गराइयो । साथै कार्यक्रममा शो को निर्णायक देखी निर्माण टिमको परिचय गराइयो । कार्यक्रममा स्पोन्सरहरुसँग हस्ताक्षर पनि गरिएको थियो ।

कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले साउन अन्त्यदेखि हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि प्रसारण हुने जानकारी दिनुभयो  । यसअघि चाहना मिडियाको स्वामित्वमा रहेको यो शोको ब्राण्ड हिमालय टेलिभिजनले खरिद गरेसँगै नयाँ शैलीमा दोस्रो सिजन आउन लागेको हो । शोलाई सिमोस सुनुवार निर्देशन गर्नुहुनेछ । सिमोसले यसअघि हिमालय रोडिस निर्देशन गर्नुभएको थियो ।

कार्यक्रममा डिजिटल अडिसन सकिएको र करिब तीन हजार जनाले डिजिटल अडिसन दिइसकेको जानकारी गराइयो । ती आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका विभिन्न सहरमा हुने फिजिकल अडिसनबाट छानिएका प्रतिभाहरुले शोमा प्रतिस्पर्धा गर्नेछन् । केही दिनमै छायांकन सुरु हुने शोको निर्णायकमा लोक गायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योति मगर रहनुहुनेछ ।

कार्यक्रममा बोल्दै निर्णायक कुमार बस्नेतले आफूले पुर्णरुपमा न्याय दिन कोसिस गर्ने बताउनुभयो । साथै दोस्रो सिजनबाट निर्णायकको रुपमा जोडिनुभएका गायका कुलेन्द्र बिश्वकर्मा र गायिका ज्योती मगरले पनि आफूहरु उत्साहित रहेको बताउनुभयो । रामजी खाँण भने पहिलो सिजनमा पनि निर्णायकको भूमिकामा रहनुभएको थियो ।

नेपाल लोकस्टार–२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित हुनुभएको छ । कार्यक्रमको सञ्चालक तथा ब्राण्ड आइकन गायक प्रकाश सपुत रहनुभएको छ ।

कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले मौलिक कला र संस्कृतिको जगेर्नाका लागि नेपाल लोक स्टारले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

कार्यक्रममा नेपाल लोकस्टार सिजन २ का प्रायोजकहरुसँग सम्झौता भएको छ । शोको टाइटल स्पोन्सर आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेल र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आईएमई शोको टाइटल स्पोन्सरको रुपमा रहनेछ । यसैगरी पावर बाई स्पोन्सरको रुपमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा सुपर साइन जस्तापाता रहेको छ । एसोसिएट स्पोन्सरमा आईएमई लाइफ इन्स्युरेन्स, सिमेन्ट पार्टनरका रुपमा रिद्धिसिद्धि सिमेन्ट र भोटिङ पार्टनरका रुपमा आईएमई रहनेछन् ।