दोहोरी गायकद्धय रविन र सरोज लामिछानेले खोले डाँडाघरे रोधी घर

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लोक दोहोरी गायकद्धय रविन लामिछाने र सरोज लामिछाने सहितको टिमले डाँडाघरे रोधी घर सञ्चालनमा ल्याएका छन् । गोंगबुस्थित नेपाल टेलिकमको ठिक अगाडी गायकद्धय लामिछाने सहित चार जनाको टिमले डाँडाघरे रोधी घर सञ्चालनमा ल्याएका हुन् ।

हालै एक आँैपचारिक कार्यक्रममा वरिष्ठ लोक गायक प्रेमराजा महतको प्रमुख आतिथ्यता र गायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलको बिशेष आतिथ्यता रोधी घरको उद्घाटन भएको हो । भब्य कार्यक्रममा नृत्य कलाकार संघका अध्यक्ष उदिराम खड्काले मयुर नाँच प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोक गायक प्रेमराजा महतले बन्दिपुरैमा, हिउँचुलीमा हिउँ लगायत चर्चित गीत श्रोता, दर्शकमाझ पस्किएका थिए ।  डाँडाघरे रोधी घरमा गायक रविन र सरोजसँगै उद्धब गुरुङ, सुनिल लामिछाने र दिनेश थापाको संयुक्त लगानी रहेको छ । यस रोधी घरले ५० जनालाई रोजगारी प्रदान गरेको छ । व्यवसायिक कलाकार तथा नृत्यंगनाहरुले यस रोधी घरमा दर्शक, श्रोताहरुलाई मनोरन्जन प्रदान गर्दै आएका छन् । साथै झण्डै १ करोडको लगानी रहेको बताइएको छ ।

कार्यक्रममा ब्यबस्थापक तथा कलाकार सुनिल लामिछानेले कलाकारहरुलाई रोयल्टी तिर्नुपर्ने बताए । त्यसका लागि आफैले पहल गरेको बताए । ‘रोयल्टी संकलन समाजसँग कुराकानी भईसकेको छ ।’ कलाकार लामिछानलेले भने ‘कलाकारहरुलाई व्यवसायिक बनाउने, दोहोरी स“ाझमा भएका बिकृतीलाई चिरेर अघि बढ्ने, दोहोरीलाई पारिवारिक वातावरण बनाउने लक्ष्य छ ।’

कार्यक्रममा गोंगबुस्थित डाँडाघरे रोधी घरमा गायक बालचन्द्र बराल, अतिथि कलाकार सम्प्रिया खड्का, गायिका शोभा कार्कीको उपस्थिीति रहेको थियो ।