<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आगामी कार्तिकको ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘२ नम्बरी’को बिदेशमा माग बढेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म विक्री भैसकेको छ ।</p><p style="text-align: justify; ">यो चलचित्र कार्तिक ४ गते नै दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा रिलिज हुने पक्का भएको छ । यो चलचित्रलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।</p><p style="text-align: justify; ">अन्य देशमा पनि चलचित्रको लागि कुरा भैरहेको किरणले जानकारी दिए । २ साथीको मित्रताको कथामा बनेको यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा, दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ ।</p><p style="text-align: justify; ">किरणले भने–‘फिल्मको फस्टलुकले दर्शकको मन जितिरहेको छ । यसैले, विदेशमा पनि फिल्म धमाधम विक्री हुन थालेको छ ।’ सौगात र दयाका फिल्मले ओभरसिजमा राम्रो व्यापार गर्ने भएकाले पनि विक्री सुरु भएको वुझ्न सकिन्छ । </p>