आदिकवी भानुभक्त आचार्य प्रती समर्पित गीतमा किरण गज्मेरको स्वर

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आदिकवी भानुभक्त आचार्य प्रती समर्पित गीत सार्वजनिक गरिएको छ । 'भानुभक्त' बोलको गीतमा सन्च मान राईको शब्द रहेको गीतमा किरण गज्मेरको स्वर रहेको छ । गीतमा विश्वास गुरुङको संगीत रहेको छ ।

गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियो कोरियाग्राफ केशव राज भट्टको रहेको छ । भिडियोको एसोसियट डाइरेक्टरको रुपमा लोकराज अधिकारी रहेका छन् । लोकराजले भिडियोमा पनि अभिनय गरेका छन् ।

बि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकवीको रुपमा परिचित छन् । आचार्यको बि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो । उनै आदिकवी आचार्यको जीवनीका बारेमा सोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले केके पाए भन्ने बिषयमा भिडियो तयार गरिएको छ ।