आकाश र रेखाको ‘हिड्दा–हिड्दै’ को सुटिङ समापन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेता आकाश श्रेष्ठ र नवअभिनेत्री रेखा शाहको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘हिड्दा हिड्दै’ को छायांकन सकिएको छ ।  प्रेमकथानक चलचित्र ‘हिड्दा हिड्दै’ सुशील पंगेनीले लेखेका हुन् भने निर्माण पनि उनैले गरेका हुन् ।

मिलन आले मगर निर्देशीत चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानीया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, िबकास थापा मगर, ममता पौडेल, बालकलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको चलचित्र लीलामान तण्डुकारले खिचेका हुन् ।

चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमीरेको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्र मनोरञ्जनले भरपुर रहेको दावी निर्देशक आलेको छ । पोस्ट प्रोडक्शन कार्यमा जुटिसकेको चलचित्रको फस्र्टलुक र प्रदर्शन मिति केही समयमै सार्वजनीक गर्ने जानकारी निर्माता पंगेनीले दिएका छन् ।