प्रमोशनका लागी ‘प्रकाश’ टिम ६ शहर जाँदै

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आगामी भदौ ५ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘प्रकाश’ले प्रमोशनको कामलाई तिब्र बनाउने भएको छ । यो सँगै ‘प्रकाश’ टिमले प्रमोशनकै लागी देशका ६ शहरमा कार्यक्रम गर्ने भएको छ ।

युवा पुस्ताका चर्चित कमेडियनहरुको साथमा हुने प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट शुरु भई भदौ ५ गते काठमाडौंमा आइ टुङ्गिने जनाइएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७ बुटवल, साउन १३ र १४ पोखरा, साउन २० र २१ बिराटनगर, साउन २७ र २८ हेटौडाँमा र भदौ ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ ।

चलचित्रले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । ‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा चलचित्रका नायक प्रदिप खड्का सहित अन्य कलाकार र केमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुने बताइएको छ भने काठमाडौंमा अन्य कलाकारहरु पनि सहभागी हुने जनाइएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्ने बताइएको छ ।