कलाकार जोगिन्दरको गाइजात्रे कोसेली ‘गठबन्धन’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याउनु भएको छ ।

देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मुल्यबृद्धि प्रति, जनतामा देखिएको राजनीतिक दल प्रतिको नैराश्यता, युक्रेन र रशिया युद्ध लगायत निकै मार्मिक बिषयहरु उहाले यो बर्ष आफ्नो कमेडी ‘गठबन्धन’ मा समेट्नु भएको हो ।

भरपुर प्रहसन समेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाउनु भएको छ । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा  माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई ब्याङ्ग्यको बिषयमा समेटेको देखिन्छ ।

ओएसआर डिजिटलको निर्माण तथा रिजालको लेखन, प्रस्तुति र निर्देशन रहेको ‘गठबन्धन’ को भिडियोमा रिजाल स्वयंको अलवा दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेमशर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ ।

‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो । बिगत दुई दशक भन्दा लामो समयदेखि गाईजात्राको अवसर पारेर नियमित कोसेली ल्याउने गर्नु भएका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो । यो भन्दा अगाडि उहाले ल्याउनु भएको ‘लकडाउन’ नामक गाईजात्रे कोसेली सर्वाधिक मनपराइएको थियो । यसपालीको कोसेली पनि दर्शकले रुचाउने उहाको विश्वास छ ।

‘पहिले यो पर्वमा थुप्रै ब्याङ्ग्यका कोसेली आउथ्यो । अहिले आउदैन’ रिजालले भने ‘परम्पराको निरन्तरता र सर्वसाधारण सुसज्जितका लागि म भने कोसेली नियमित बनाउने गरेको छु ।’ गाइजात्रामा ब्याङ्ग्य गर्न छुट भएकोले पनि अन्य समय भन्न नसकिएका बिषय ब्याङ्ग्यका रुपमा ल्याउने गरेको रिजालको भनाई रहेको छ ।

विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे कोसेली बजारमा ल्याउने गरेका रिजाल गाईजात्रामा हास्य व्याङ्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु आफ्नो धर्म नै मान्नुहुन्छ ।