प्रकाशको ‘घण्टा’ तीज गीतमा ज्योती मगर र हैट

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

यसबर्षका लागी तीज लक्षित गीत सार्वजनिक हुन थालेका छन् । कलाकारहरु तीज गीतको भिडियो छायांकनमा यतिबेला निकै ब्यस्त देखिन्छन् । यसैबिच लोकगायक प्रकाश कटुवालले नयाँ तीज गीत ल्याएका छन् ।

‘घण्टा’ बोलको गीतमा प्रकाशसँगै गायिका उमा श्रेष्ठको स्वर रहेको छ । गीतमा विनोद ढकालको शब्द सृर्जना एवम् गायक कटुवालकै लय रचना रहेको छ । गायक प्रकाशका यसअघिका ‘चोर बिरालो’, ‘ढाडे बिरालो’, ‘छेकेन जामाले’, ‘सुन्दर रामेछाप’ लगायतका गीत हिट छन् ।

भिडियोमा शंकर विसीको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भने भिडियोमा ज्योती मगर र बुद्ध तामाङको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन रहेको भिडियो प्रकाश कटुवालकै युटयुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।