दोश्रो धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम हुने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गण्डकी प्रदेश अन्तरगतको धौलागिरी क्षेत्रका कलाकारहरुको साझा संस्था धौलागिरी सांस्कृतिक समितिको आयोजनामा हुनेगरी ‘दोश्रो धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ घोषणा भएको छ । समितिले शनिबार कार्यसमिति बैठक सम्पन्नसँगै एक कार्यक्रमको आयोजना गर्दै धौलागिरी क्षेत्रका सम्पूर्ण कलाकर्मीहरुलाई परिचयपत्र वितरणको सुरुवात गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।

यसअघि २०७६ सालमा मा स्थापनाकालमै उक्त समितिले ऐतिहासिक रूपमा पहिलो वृहत् सांस्कृतिक सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । त्यसपछि कोरोना भाइरसको आगमनसँगै हुन नसकेको कार्यक्रमलाई यो वर्षदेखि पुनः निरन्तरता दिन लागिएको समितिका अध्यक्ष गायक कृष्णसमिप सुवेदीले जानकारी दिए । दोश्रो धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम आगामी श्रावण २८ गते राजधानीमा आयोजना हुनेछ ।

धौलागिरी अन्तर्गत पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका सबै जिल्लाका कलाकार स्वतस् साधारण सदस्य रहने निर्णय गर्दै सो क्षेत्रका कलाकर्मीहरुलाई परिचय पत्र वितरण सुरु गरेको समितिले श्रावण २८ मा आयोजना हुने कार्यक्रममा प्रदान गरिने सम्मानका विभिन्न विधा समेत सार्वजनिक गरेको छ ।

अघिल्लो पटक ११ हजार १ सय ११ रुपैयाँ राशीसहित ‘धौलागिरी राष्ट्रिय सम्मान’, ७ हजार ७ सय ७७ रुपैयाँ राशीसहित ‘धौलागिरी साधना सम्मान’, ५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित ‘धौलागिरी युवा सम्मान’ र ५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित ‘धौलागिरी विशेष सम्मान’ प्रदान गरेको समितिले यो पटक अन्य चार विधा थप्दै मैत्रीपूर्ण सम्मान स्वरूप सबैमा ५ हजार ५ सय ५५ रुपैयाँ राशी रहनेगरि ‘धौलागिरी साहित्य सम्मान’, ‘धौलागिरी खेलकुद सम्मान’, ‘धौलागिरी पत्रकारिता सम्मान’ र ‘धौलागिरी सामाजिक सम्मान’ गरि कूल ८ विधामा सम्मान प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सुवेदीले बताए ।

समितिले कार्यक्रम सम्पन्न गर्न कुनै पनि व्याक्ति विशेषसँग चन्दा नउठाउने घोषणा गर्दै कार्यक्रममा संस्थागत सहकार्यको लागि समग्र धौलागिरी, गण्डकी अनि समग्र नेपाली जोडिएका विभिन्न कर्पोरेट तथा व्यापारिक घरानाहरूलाई आह्वान समेत गरेको छ । यो कार्यक्रमलाई हरेक वर्ष एक कार्यक्रम गर्ने उद्देश्य अनुसार कै निरन्तरता भनिएको छ ।

‘श्रष्टा ,सम्मान र समय हाम्रा आधार हुन’ भन्ने नारा बोकेर स्थापना भएको यो संस्थाले नेपाली लोक तथा सुगम संगीतमा महत्वपूर्ण हिस्सा बोकेको धौलागिरी क्षेत्रका कलाकारहरूलाई गोलवद्ध गर्दै विभिन्न समयमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । समस्त क्षेत्रलाई समेट्दै स्थापना भएको ‘धौलागिरी समाज नेपाल’ मातहत रहेर सांस्कृतिक क्षेत्रसँग जोडिएकाहरुलाई एकतावद्ध गर्न यो संस्था स्थापना भएको हो । सोहि समाजको मातहत रहेर ‘धौलागिरी सांस्कृतिक समितिले आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

होटल म्याजेष्टिक ठमेलमा आयोजित कार्यक्रममा विशेष अतिथि धौलागिरी समाज नेपालका संस्थापक अध्यक्ष केदारनाथ गौतमसँगै समाजका उपाध्यक्ष शक्तिलाल ज्वारचन,गीतकार देवेन्द्र गिरी ,लोकप्रिय गायक विष्णु खत्री, लोकप्रिय गायिका कृष्ण परियार लगायत धौलागिरीबाट प्रतिनिधित्व गर्ने कलाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।