पुस्कल शर्माको ‘श्रीमान श्रीमती’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रका लोकप्रिय गायक पुस्कल शर्माको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘श्रीमान श्रीमती’ बोलको गीतमा पुस्शलसँगै लोकप्रिय गायिका शान्तीश्री परियारको स्वर रहेको छ । गीतमा पुस्कलकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ ।

‘पुस्कल शर्मा’ युट्युब च्यानलमार्फत सार्वजनिक भिडियो पुस्कल आफैले निर्देशन गरेका हुन् । बिशेषतः सेन्टिमेन्टल गीतहरुमा रुचाइएका पुस्कलको यस गीतको भिडियोमा पनि सेन्टिमेन्टल फोकस छ । भिडियोमा पुस्कलले आफूसँगै आफ्नै श्रीमती सवि शर्मालाई फिचर्ड गराएका छन् । सविले यसअघि ‘के दिउँ मायालाई चिनो’, ‘तिम्रो थर मेरो थर’ बोलको गीतमा पनि पुस्कलसँगै अभिनय गरिसकेकी छिन् ।

‘श्रीमान श्रीमती’ गीतमा कमला गैरे र युवानी शर्मा लगायतको पनि अभिनय छ । भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् ।

भिडियो सार्वजनिक भएसँगै अहिले नेपालको युट्युव टे्रन्डिंगमा पर्न सफल भएको छ । अहिले ४८ औं स्थानमा आइपुगेको छ ।