चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन्। मन्त्रिपरिषदको सोमबार बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको स्रोतले बताएको छ ।&nbsp;</p><p style="text-align: justify; ">सरकारले बोर्ड अध्यक्षका लागि छानिएका दस जनाको सूचीबाट केसीलाई नियुक्त गरिएको हो । गत असार पहिलो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै दरखास्त पेस गर्न आह्वान गरेको थियो ।</p><p style="text-align: justify; ">केसी गत वैशाखमा कांग्रेस प्रवेश गरेका थिए। उनले कला क्षेत्रमा थप योगदान पुर्‍याउने उद्देश्यले कांग्रेसमा प्रवेश गरेको बताएका थिए ।&nbsp;</p>