दुईसय विद्यार्थीलाई बिनु शाक्यको ३ दिने नृत्य कार्यशाला

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

बेली डान्सको क्षेत्रमा आफ्नो छ्ट्टै पहिचान र ख्याति कमाउनुभएकी डान्सर बिनु शाक्यले डी.ए.भी. विद्यालयका बिद्यार्थीलाई तीनदिने नृत्य कार्यशाला दिनुभएको छ ।

नृत्यप्रति अब्बल रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै डी.ए.भी. विद्यालयले आयोजना गरेको तीन दिने नृत्य कार्यशाला गोष्ठीमा बिद्यालयको मयूर डान्स क्लबका करिब दुई सय विद्यार्थी सहभागी भएका थिए । कार्यशाला गएको बुधबार सम्पन्न भएको थियो ।

डान्सर बिनुले बिद्यार्थीहरुलाई नृत्य सिकाउन पाउँदा खुसी लागेको बताउनुभएको छ । साथै बिद्यार्थीहरुको नृत्य प्रतिको रुचि निकै रहेको पनि उहाँले जानकारी दिनुभयो । ‘सहभागी बिद्यार्थीहरु नृत्य प्रति निकै रुचि राख्नुभएको थियो । शिक्षासँगै बिद्यार्थीहरुमा रहेको रुचिको बिषयलाई पनि यसरी नै बिद्यालयतबरबाटै सिकाइयो भने राम्रो हुन्छ । जुन डी.ए.भीले गर्दै आएको छ, यो राम्रो कुरा हो ।’ बिनुले हिमालय टाइम्ससँग भन्नुभयो । ‘मलाई लाग्छ सबै बिद्यालयले यसरीनै शिक्षासँगै अन्य बिभिन्न बिधाका कुराहरु सिकाउने गर्नुपर्छ ।’

डान्स वर्कशपको अन्तिम दिन बिनुले नृत्य प्रस्तुत गर्नुभएको थियो । साथै सहभागी बिद्यार्थी मध्ये केहिले पनि प्रस्तुती दिएका थिए । विद्यालयको नृत्य विभागले दिएको जानकारी अनुसार कार्यशाला गोष्ठीमा ३ दिने नृत्य  कार्यशाला  गोष्ठीमा विद्यार्थीहरुलाई बेली डान्सका आधारभूत स्टेपहरु सिकाइएको र प्रभावकारी बनेको छ ।

डी.ए.भी. विद्यालयले विद्यार्थीहरुलाई देश—विदेशका विभिन्न क्लासिकल, सांस्कृतिक र आधुनिक नृत्यहरु नियमित रुपमा सिकाउँदै आइरहेको छ । विद्यालयले शिक्षा—दिक्षा सँगै सिप र कलालाई विद्यार्थीहरुको अभिरुचि अनुसार दक्ष बनाउने उद्देश्य राखेको छ ।