‘तीजको रमझमी’मा अशु न्यौपानेको छमछमी

आर्टिष्ट खबर/ साउन, काठमाडौ ।

धेरै सार्वजनिक भएका तीज गीतहरुको भिडमा केही बिशेषता बाकेर ‘तीजको रमझमी’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायिका अन्नु चौधरीको स्वरमा रहेको तीज गीतमा पछिल्लो समय ब्यास्त बन्दै गइरहेकी मोडल अशु न्यौपानेले छमछमी नाचेकी छिन् । सफल संगीतकार तारा प्रकाश लिम्बुको संगीत तथा डिपी खनालको शब्द रहेको गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् । प्यासिफिक प्रोडक्सनले निर्माण गरेको ‘तीजको रमझमी’बोलको गीत प्यासिफिक प्रोडक्सनस् युट्युव च्यालनबाट सार्वजनिक गरिएको छ ।

पछिल्लो समयका सफल तथा ब्यास्त निर्देशक शान थापाले निर्देशन गरेको तीज गीतको म्युजिक भिडियो उत्कृष्ठ बनेको छ । निर्देशक थापाले मोडल अशुलाई तारिफ योग्य काम गराएका छन् । यो म्युजिक भिडियोमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी, राजिव समरको कोरियोग्राफी र इडिट, कलर रहेको छ ।