जुनुको स्वरमा ‘तीज आयो बरिलै’ सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित तीज गीत 'तीज आयो बरिलै' सार्वजनिक भएको छ । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था ुहाम्रो स्वाभिमानुको तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।

संसारभर छरिएर रहेका नेपालीहरुको एकता र मातृत्वको भावना जोड्ने उद्देश्यले भारतमा स्थापना भएको ुहाम्रो स्वाभिमानुले पहिलो पटक कुनै पनि नेपाली सांस्कृतिक विधामा लगानी गरेको हो । भारतमा रहेर यो संस्थाले नेपालीहरुलाई सांस्कृतिक रूपमा एक बनाउन गर्न विभिन्न चाडपर्वहरूको अबसरमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

सार्वजनिक गीतमा चेलीहरूको माइती प्रेम र भगवान शिवको आराधना समेट्दै खुशी साट्न भोलि पर्खिने होइन आजै रमाउनुपर्छ भन्ने भावना व्यक्त छ । गीतमा शब्द तथा संगीत नविन श्रेष्ठको छ भने एरेञ्जको काम सुन्दर लामाले गरेका छन् ।

अभिनेत्री तथा  मोडल सुष्मा अधिकारी र गायिका जुनुले उक्त गीतमा कम्मर मर्काएका छन् । तारा थापा ुकिम्भेुको सम्पादनमा बनेको गीतमा छायांकन शिव ढकालको छ । विनोद विष्टले निर्देशन गरेको गीतमा कोरियोग्राफी कमल राईले गरेका छन् ।