‘परदेशी २’मा समावेश प्रेमिल गीत सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नारायण रायमाझि निर्देशित नेपाली चलचित्र ‘परदेशी २’मा समावेश ‘के वर मागी फकर््यौ भन’ बोलको गीत सार्वजनिक गरिएको छ ।  आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको उक्त प्रेमिल गीत भगवान् शिवको विशेष दिन पारेर सोमवार सार्वजनिक गरिएको हो ।

गीतमा निशान भट्टराईको स्वर रहेको छ भने रमेश पौडेलको शब्द रचना र नारायण रायमाझीको संगीत छ । २० वर्षपछि यो गीतलाई पुनः रेकर्ड गरेर चलचित्रमा राखिएको हो । रामजी लामिछानेको कोरियोग्राफि रहेको गीतको भिडियोमा चलचित्रका अभिनेता प्रकाश सपुत र अभिनेत्री केकी अधिकारी फिचर हुनुहुन्छ ।

नारायण इन्टरनेशनलको प्रस्तुतीमा राजेश बंशल र नारायण रायमाझीले मिलेर निर्माण गरेको चलचित्रमा केकी र प्रकाशका अलावा प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि अभिनय रहेको छ ।

‘परदेशी २’को कथा रमेश बिजीले लेख्नु भएको हो । बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछानेसँगै गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । चलचित्रको वितरण काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले गर्नेछ । यो फिल्मको पहिलो श्रृंखला बक्सअफिसमा सुपरहिट भएको थियो ।

यसै चलचित्रमा गायक प्रकाश सपुतले चलचित्र क्षेत्रमा डेब्यु गर्दैहुनुहुन्छ । नेपाली लोकगीतको क्षेत्रमा आफ्नो सुपरहिट गीतहरु दिएर सुपरहिट बन्नुभएका प्रकाशको चलचित्रको यात्रा कस्तो हुनेछ यसै चलचित्रको प्रदर्शनले बताउने छ ।