सप्तरङ्गी रोधी घरको समुद्घाटन समारोह सम्पन्न, अग्रज स्रष्टालाई सम्मान

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

काठमाडौंको नयाँबसपार्कमा सप्तरङ्गी रोधी घर सञ्चालनमा आएको छ । नेपाल टेलिकमको अगाडी सञ्चालनमा आएको सप्तरङ्गी रोधी घरको सोमबार दश दिने समुद्घाटन कार्यक्रम समापन गरियो ।

समुद्घाटन कार्यक्रम समापनमा बिभिन्न अग्रज स्रष्टाहरुलाई सम्मान गरिएको थियो । नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखी योगदान पुर्याउदै आएको भन्दै गायक जीवन शर्मा, खड्का गर्बुजा, नन्द कृष्ण जोशी, तुल्सि पराजुली, एरेन्जर बिबि अनुरागी, सारंगी बाद्यक धर्म गन्धर्व, बाँसुरी बाद्यक गोपाल घताने, मादल बाद्यक खर्क बहादुर बुढा मगरसँगै समाजसेवी जुनुपुन मगरलाई सम्मान गरियो । उपस्थित सम्मानित कलाकारहरुले रोधी घरले नेपाली कलासंस्कृतिलाई बचाइराखेको र थुप्रै कलाकारहरुलाई बाँच्ने आधार बनाएको भन्दै सप्तरङ्गी रोधी घरका लागी शुभकामना शब्द दिनुभएको थियो । उपस्थिती कलाकारहरुले समारोहमा आफ्नो प्रस्तुती पनि दिनुभएको थियो ।

एक महिना अघिनै अनौपचारिक रुपमै सञ्चालनमा आएको रोधी घरको दशदिन अघिबाट समुद्घाटन कार्यक्रम राखिएको थियो । समुद्घाटन समारोहमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । साउन ६ गतेको औपचारिक समुद्घाटनको पहिलो दिन लोकप्रिय लोक गायक तथा सर्जक श्रीकृष्ण बम मल्लको उपस्थिती रहेको थियो । मल्लले रोधीघरहरुको भिडमा फरक बिशेषताको साथमा सप्तरङ्गी रोधी घर सञ्चालनमा आएको भन्दै शुभकामना दिनुभएको थियो ।

साथै अन्य दिनमा सर्मिला गुरुङ, चन्द्र शर्मा, टिका सानु, प्रिती आले, थालेश्वर गौतम, महादेव त्रिपाटी लगायतका अतिथि कलाकारहरुको उपस्थिती रहेको थियो । रोधी घर प्रकाश लामा, लक्ष्मण कार्की, ललित रावल र केशु पन मगरले सञ्चालनमा ल्याउनुभएको हो ।

सञ्चालिका तथा समुद्घाटन समारोहकी संयोजक केशु पुन मगरले रोधी घरहरुको भिडमा आफूहरुले पारिवारिक वातावरणमा फरक स्वाद दिने बताउनुभयो । उहाँले ८० लाखको आसपासको लगानीमा रोधी घर सञ्चालनमा ल्याएको बताउनुभयो ।