फुटसल खेलाउँदै ‘प्रेमगञ्ज’को प्रचार

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रेमगञ्ज’ले प्रचारप्रसारको काम तिब्र रुपमा अगाडी बढाइरहेको छ । दर्शकको ध्यान चलचित्रमा तान्नका लागी बिभिन्न फरक शैलीका कार्यक्रम गर्दै आएको चलचित्र टिमले फुटसल प्रतियोगीता सम्पन्न गरेको छ । आइतबार चलचित्र टिम र चलचित्र पत्रकारबीच कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा फुटसल प्रतियोगितामा राखिएको थियो ।</p><p style="text-align: justify; ">प्रतियोगितामा पत्रकारको टोलीले चलचित्रको टोलीमाथि ३–२ को जित दर्ज गराएको हो । साउन १५ मा खीर खाने कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा चलचित्रको टोलीले पत्रकारसँग चलचित्रलाई लिएर अन्र्तक्रियासमेत आयोजना गरेको थियो । निर्देशक परिच्छेदसहित उपस्थित कार्यक्रममा निर्देशक तथा कलाकारले चलचित्रले प्रेमका आयामलाई फरक उमेर समूहको प्रेम अभिव्यक्तिमार्फत देखाउने प्रयास गरेको बताउनु भएको थियो ।&nbsp;</p>