हामीले जुन प्रयास गर्यौ, सफल भयौँः प्रदीप खड्का

आर्टिष्ट खबर/ साउन, काठमाडौं  ।

पछिल्लो दुईदिन यता नेपाली सिने बजारमा ‘प्रेमगीत ३’को चर्चा निकै भइरहेको छ । बिशेषतः भारतमा हलमा नेपाली चलचित्र प्रदर्शन हुने खबरले नेपाली सिनेकर्मिमा खुसीयाली छाइरहेको छ ।

‘प्रेमगीत ३’ले पहिलोपटक भारतको मुम्बईमा पत्रकार सम्मेलन गरेको छ । मंगलबार मुम्बईको एक रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलनमा निर्देशक सन्तोष सेन, कलाकारहरु प्रदीप खड्का र क्रिस्टिना गुरुङ भारतीय सञ्चारमाध्यमबाट घेरिएको समाचार र त्यहाँका तस्बिर र भिडियो क्लिप अहिले नेपालका सामाजिक सञ्जालमा छाइरहेका छन् ।

अभिनेता प्रदीपले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत खुसी साट्नुभएको छ । उहाँले आफूहरुले लामो समयदेखी गरेको प्रयासमा सफल भएको बताउनुभएको छ । साथै आफूहरुले आशा गरेभन्दा धेरै भएको भन्दै उहाँले लेख्नुभएको छ, ‘हामीले अहिले जुन सफलता पाइरहेका छौँ, यसलाई म आशातित तर अनपेक्षित सफलता भन्छु, हामीले निरन्तर प्रयास गरेका थियौँ तर, एक्जाम्पल थिएन । यो आशा गरेभन्दा धेरै हो ।’

यस्तै प्रदीपले मुम्बईमा डेढ बर्ष बसेर गरेको संघर्षबारे पनि लेख्नुभएको छ । ‘हामीले मुम्बई आएर डेढ वर्षमा सुनेको/भनेको– सजिलो छैन, सकिँदैन, हुँदैन, कठिन छ भन्ने मात्रै सुनेको हो । तर, हामीले जुन प्रयास ग¥यौँ, सफल भयौँ ।’ साथै अभिनेता प्रदीपले भारतमा चलचित्रको प्रचार अभियान सुरु भएको भन्दै भारतीय मिडियामा अन्तर्वार्ता दिनेक्रममा नेपाल र भारतबीच खुला सीमानासँगै खुला हृदय भएको पनि भएको बताउनुभयो । ‘नेपाल र भारतबीच खुला सीमा मात्र छैन, हामीसँग खुला हृदय पनि छ ।’ पत्रकार सम्मेलनमा अभिनेत्री क्रिस्टिना गुरुङले चलचित्रको कथावस्तुले नेपाल र भारतलाई जोड्ने भन्दै दर्शक मुलुकका दर्शकले रुचाउने बताउनुभएको छ । निर्देशक सेनले भारतमा नेपाली चलचित्रको बजार खोज्न ‘प्रेमगीत ३’ले भूमिका खेल्ने बताउनुभयो ।

चलचित्र आगामी असोज ७ गते नेपाल र भारतसहित विश्व बजारमा रिलिजको तयारीमा छ । जी म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले फिल्मलाई भारतमा रिलिज गर्न लागेका हुन् । अहिले दिल्ली र मुम्बईका सडकमा समेत चलचित्रको होर्डिङ बोर्डसहित प्रचारप्रसार सुरु भएको छ । हल रिलिजको आठ सातापछि यो फिल्म अमेजन प्राइममा समेत रिलिज हुने भएको छ ।