मिस युनिभर्स नेपालको फाईनलमा डा. आयुष्नोभा ढुंगाना

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

मिस युनिभर्स नेपाल २०२२को फाईनलका लागि काठमाडौंकी डा. आयुष्नोभा ढुँगाना चयन हुनुभएको छ ।

अर्को साता चयन हुने यो प्रतियोगितामा ३९ जनाबाट फाईनलका लागि २० जना प्रतियोगी चयन हुनुभएको हो । चयन भएका २० जनामा आयुष्नोभा मात्र डक्टर हुनुहुन्छ । बाँकी प्रतियोगिहरु मोडल तथा विधार्थीहरु रहनुभएको छ ।

सबैका लागि स्वास्थ्य भन्ने नारा सहित आफु यो प्रतियोगितामा उत्रिएको डा. आयुष्नोभाले बताउनुभएको छ । काठमाडौंमा रहेर छाला सम्बन्धि रोगको सेवा गरिरहनुभएकी आयुष्नोभा चाँडै नै स्वास्थ्य सेवाका लागि दुर्गम जाने योजनामा हुनुहुन्थ्यो । यही क्रममा मिस युनिभर्स नेपालको आह्वान गरेपछि उहा यो प्रतियोगितासँग जोडिनुभएको हो ।

आफु पूर्ण तयारीका साथ यो प्रतियोगितामा उत्रिएकाले यस पटकको उपाधि जित्ने विश्वासमा रहेको उहाले बताउनुभएको छ । डा. आयुष्नोभा सहित चयन भएका अन्य १९ प्रतियोगीमा रजनी मिश्र, रिजु खड्का, जस्मिन खड्का, सृष्टी हाडा, रुप्सी श्रेष्ठ, सृष्टी तामाङ, मोनालिसा पराजुली, रेणुका चौधरी, दीक्षा खाती, प्रतिभा महर्जन, सामना कार्की, बिपना अधिकारी, मोनिका चौधरी, सोफिया भुजेल, प्रियँसु महत, आकृति मानन्धर, अनु मनमोल क्षत्री, आश्मा केसी र सोफिया जोशी रहनुभएको छ । यस अघि ३९ जना यो प्रतियोगिताको लागि चयन गरिएको थियो । विभिन्न तीन वटा टास्कबाट उत्कृष्ट २० भित्र परेका यी प्रतियोगीलाई फाईनलमा चयन गरिएको आयोजक पक्षले जनाएको छ । यस पटक यो प्रतियोगिताको कोरियोग्राफी अभिनेता तथा चर्चित मोडल प्रशान्त ताम्राकारले गर्नुहुनेछ ।

आयोजक तथा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठका अनुसार अब १० दिनको क्लोज क्याम्प पछि प्रतियोगीहरुलाई आगामी ९ भदौमा फाईनलमा उतारिने भएको छ । केही दिनमै प्रतियोगीको क्लोज क्याम्प सुरु हुने भएको छ । फाईनलमा मिस युनिभर्स नेपालको उपाधि जित्ने प्रतियोगीले नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स २०२२ मा भाग लिने छन् ।