‘प्रेमगीत ३’को हिन्दी टिजर सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आगामी असोज ७ गतेबाट नेपाली चलचित्र ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । पहिलो पटक भारतका धेरै हलहरुमा यसरी ठुलो पब्लिसिटीका साथ भारतमा प्रदर्शन हुने यो चलचित्रको हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको छ ।

भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गर्नुभएको हो । साथै चलचित्रका निर्माता सन्तोष सेनसँगै कलाकारहरुले पनि चलचित्रको टिजर सार्वजनिक गर्नुभएको हो । झन्डै एक मिनेट लामो टिजरमा कलाकार प्रदीप खड्कालाई एक्सन अवतारमा देख्न सकिन्छ ।

राजपरिवारमा जन्मिएको प्रेम (प्रदीप खड्का) लाई गीत (प्रेमिका) र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको छ । हिन्दीमा प्रदीपको भागको डबिङ संकेत म्हात्रेले गर्नुभएको हो । संकेतले साउथका कयौं सुपरस्टारको फिल्मको हिन्दी डबमा आवाज दिइसक्नुभएको छ ।

यूट्युबमा चलचित्रको हिन्दी डब टिजर आशुसेन फिल्मस्को यूट्युब च्यानलबाट सार्वजनिक भएको छ भने नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलमा हेर्न सकिन्छ । चलचित्रको हिन्दी टिजर सार्वजनिक गर्न निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का बिहीवार मुम्बई उड्नु भएको थियो । शनिवार मुम्बईमा एक कार्यक्रमका बीच चलचित्रको टिजर सार्वजनिक गरिएको हो । निर्माता सेनले हिन्दी भाषाको टिजरका लागी कपिराइट फ्रि गरिएको जानकारी समेत गराउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमामा लेख्दै हिन्दी भाषाको टिजर जोकोहिले पनि आफ्नो सामाजिक सञ्जालमा प्रयोग गर्न सक्ने बताउनुभएको छ । नेपाली भाषाको टिजर भने ओएसआर डिजिटलले सर्वाधिकार लिएको छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको चलचित्रमा प्रदीपका अलावा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्र राजेश श्रेष्ठले खिच्नुभएको हो । ‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्नुभएको छ ।