कोहि पुरुष चाँहिदैन भन्दै आफैसँग बिहे

एजेन्सी

आजकालको आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यस्तै सोच छ ‘दीया र बाती हम’ की अभिनेत्रीको । टिभी अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गर्नुभएको छ ।

कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो सेयर गर्नुभएको छ । जसमा उहाले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उहाले उक्त फोटो सेयर गर्दै क्याप्सनमा आफूले आफैँसँग विवाह गरेको पनि जानकारी दिनुभएको छ ।

उहाले लेख्नुभएको छ, ‘मैले आफैँसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैँले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ । मलाई कोही पुरुष चाहिँदैन । म आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुसी छु । म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ । धन्यवाद ।’

कनिष्का सोनी ‘दीया औस बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोजकी हिस्सा हुन् ।