टिकटकमा प्रमोशन गर्दै चलचित्र

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यतिबेला सामाजिक सञ्जाल चलाउनेहरुको भिड निकै छ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरु दैनिक कम्तीमा पनि तीनदेखी चार घण्टा इन्टरनेटमा ब्यस्त हुने तथ्यांकले देखाउँछ । नेपालमा पनि युट्युव, फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा अत्यधिक भिजिटर छन् । अझ पछिल्लो समयको कुरा गर्दा टिकटकमा अत्यधिक भिजिटर देखिन्छन् ।

यसैबिच बिभिन्न ब्राण्ड तथा चलचित्रहरुले आफ्नो प्रमोशनको शैली टिकटक तर्फ पनि देखाउन थालेका छन् । अत्यधिक दर्शक टिकटकमा भएकाले पनि प्रमोशन टिकटकमा हुन थालेको हो । नेपाली चलचित्र निर्माताहरुको कुरा गर्दा बिभिन्न तरिकाबाट टिकटकमा प्रमोशन गर्न थालेको देखिन्छ । बिभिन्न अफर दिएर टिकटक प्रयोगकर्तालाई आर्कषण गर्न खोजेको देखिन्छ ।

टिकटकमा चलचित्रका बिभिन्न क्लिप तथा गीतहरु सार्वजनिक गरेसँगै टिकटकमा धेरै भिडियो बनेका पनि छन् । त्यसले गर्दा चलचित्रबारे धेरैलाई जानकारी हुने र चलचित्र हेर्न दर्शक लालाहित हुनेमा चलचित्र निर्माताहरु विश्वस्त देखिन्छन् । चलचित्रमा समावेशगीतहरुको लाखौं भिडियो बनेको पनि पाइन्छ ।

यसैबिच यहि आगामी असोजको २१ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘२ नम्बरी’को टिमले पनि टिकटकलाई फोकस गरेको छ । चलचित्रको सार्वजनिक ट्रेलरले युट्युवमा पनि राम्रो भ्युज पाइरहेको अवस्थामा टिकटकका दर्शकलाई पनि चलचित्रबारे जानकारी दिने उद्देश्यले टिजर सार्वजनिक गरिएको थियो । सोहि अनुरुप टिकटकमा सम्वाद निकै हिट पनि भयो ।

Follow us on Tiktok:

यो चलचित्रको संवादमाथि नै ३ लाख भन्दा बढी टिकटक बनेका छन् । संवाद हिट हुँदा चलचित्रको व्यापारमा पनि ठूलो फरक पर्दछ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले भन्नुभएको छ, ‘हामीले २ मिनेट भन्दा लामो टिजर सार्वजनिक गरेका थियौं । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौं । अब, टिजर भन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ ।’

सार्वजनिक टिजरमा मुख्य कलाकारहरु नायकद्धय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्धय उपासना सिंह ठकुरी र उगेन छोदेन हाबी हुनुहुन्छ । विशेषगरि, दर्शकले सौगात र उपासनाविचको संवादलाई पनि निक्कै रुचाएका छन् । दया र सौगातविचको मित्रता पनि दर्शकको नजरमा परेको छ ।

दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ यो चलचित्रका निर्माता हुनुहुन्छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्मात्रीको रुपमा हुनुहुन्छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।