‘सम्हालिन्छ कहिले मन’को टाइटल गीत सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

सुदर्शन थापा निर्देशन नयाँ नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’को टाइटल (शिर्ष) गीत सार्वजनिक गरिएको छ । सोमाबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गीत सुगम पोखरेलको हिट गीत हो । त्यसै गीतलाई रिरेकर्ड गरेर तयार पारिएको हो ।

सार्वजनिक गीतमा सुगमकै आवाज रहेको छ भने र सुरेश भट्टराईको शब्द छ । गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुन् ।

भदौ १७ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र सार्वज्निक गीत सौरभ लामाले खिचेका हुन् । चलचित्रमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र नवअभिनेता सोनम तोप्देन फिचर छन् । संवादसहितको गीतमा उनीहरुको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । चलचित्रमा पूजा, सोनम र आकाशसँगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । एवि इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।

अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सह निर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।