‘मीलन’को फस्ट लुक सार्वजनिक, कार्तिक १८ मा रिलिज हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

टेक पौरखी राई निर्देशीत नयाँ चलचित्र ‘मीलन’को प्रदर्शन मिति तोकिएको छ । मंगलबार चलचित्रको ‘फस्ट लुक्स’ सार्वजनिक गर्दै तिहार पछि कात्र्तिक १८ गते चलचित्र प्रदर्शन गरिने जानकारी गराइयो ।

चलचित्रको सार्वजनिक पोष्टरमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा फिचर छन् । अभिनेता कुशल र अभिनेत्री शिल्पाले यसै चलचित्रबाट डेब्यु गर्दैछन् । चलचित्रको निर्माण टिमले प्रदर्शन मिति तोकेसँगै प्रमोशनको काम सुरु गरेको हो । त्रिकोणात्मक प्रेम कथामा आधारीत यो चलचित्रको कथा पनि निर्देशक राईले नै लेखेका हुन् ।

चलचित्रमा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । निर्माण टिमले यसपछि सलोन फिचर पोष्टर सार्वजनिक गर्ने तयारी गरेको छ । चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

तीनवटा गीत समावेश चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ । यस्तै संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ । चलचित्रमा ब्याकग्राउण्डस्कोर शैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।

सम्बन्धित समाचारः

चलचित्र ‘मीलन’को डबिङ सकियो

चलचित्र 'मीलन'बाट चकलेटी नवनायक कुशल शाह ठकुरीको डेब्यु

Follow on Tiktok

@artistkhabar