संगीतकार दीपक शर्माद्धारा जन्म दिनमा बृक्षारोपन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">यसपटक संगीतकार दीपक शर्माले आफ्नो जन्म दिन केही फरक शैलीले मनाएका छन् । पछिल्लो समय जन्म दिनमा केक नकाट्ने घोषणा गरेको उनले आफ्नो जन्म दिनमा मनाउँदा हुने फजुल खर्च बृक्ष रोपनमा खर्चेका छन् । आफ्नो जन्म दिनको अबसर पारेर संगीतका दीपक शर्माले मँगलबार भक्तपुरको चाँगु नारायण नगरपालिका स्थित नागडोलको छालाङ स्थित ब्रम्हकुमारी ओम शान्ति प्रतिष्ठानको प्राँगनमा बृक्षारोपन गरे ।</p><p style="text-align: justify; ">बृक्षा रोपन गरेर जन्मदिन मनाउनुको कारणबारे उनले भने,‘गीत संगीत सृजना गरेर कालान्तरसम्मका लागि मैले आफ्नो सृजना पस्कँदै आएको छु । यस्तै अन्य सामाजिक काम पनि गर्ने उदेश्यले वातावरण सँरक्षणको लागि यसपटकबाट बृक्षारोपन गरेको हुँ ।’</p><p style="text-align: justify; ">उनले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समी सहित विभिन्न प्रजातिको बृक्षा रोपन गरेको बताए,‘औषधी जन्य बनस्पती, सुगन्धित बनस्पति र अन्य बनस्पतीको बिरुवा आज रोप्ने काम गरियो । यो बिरुवालाई बेला बेलामा गोडमेला गर्न पनि म त्यहाँ पुग्ने छु ।’ ति बिरुवाहरु सँरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मा समेत दिएको पनि उनले बताए ।</p><p style="text-align: justify; ">एक हजार भन्दा बढी गीतमा संगीत गरिसकेका दीपक शर्माले पछिल्लो समय आफु छक्का पञ्जा ४ लगायतका चलचित्रको संगीत सृजनामा व्यस्त रहेको सो क्रममा जानकारी गराए ।</p>